२०८० को अन्तिम दिन सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै विदा

काठमाडौं, ३० । आज २०८० सालको अन्तिम दिन सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसैगरि आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायीका अनुसार अमेरिकी रिजर्भ बैंकले लिएको नीतिले सुनको मूल्य बढेको बताउछन् । पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेको छ । यसले पनि मूल्य वृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै, विश्व बजारमा मन्दि र द्वन्द अझै बढ्न सक्ने आँकलनका कारणसुनको मूल्यमा वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८६.५१ डलर र चाँदी प्रतिऔंस २८.८ डलरमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि मुख्य कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको मूल्य समेत उकालो लागेको विश्लेषकहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्