बैशाख महिनाको लागि बैंकहरुले फेरि घटाए ब्याजदर

काठमाडौं,३० चैत । वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो ।

५ वटा बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने २ वटा बैंकहरुले ब्याजदर सामान्य बढाएका छन् । ब्याजदर बढाउनेमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । मुद्दति निक्षेपमा सबैभन्दा धेरै प्रतिशत ब्याज दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । पछिल्ला केहि महिनादेखि बैंकहरुले लगातार जस्तै ब्याजदर घटाइरहेका छन् ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह अपेक्षित हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्