सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

काठमाडौं,२९ चैत । सुनको मूल्य आज सामान्य घटेको र चाँदी मूल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १७ सय रुपैयाँ कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४२ डलर र चाँदी प्रतिऔंस २७.९५ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्