सुन र चाँदीको मूल्यले फेरी बनायो नयाँ रेकर्ड

काठमाडौं,२८ चैत । आज सुन र चाँदीको मूल्यले  फेरी नयाँ रेकर्ड बनाइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा दैनिक वृद्धि भएसँगै नेपालमा पनि बढेको हो ।

बुधबार, नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा पुगेको छ । यो मूल्य अघिल्लो दिनको भन्दा ५०० रुपैयाँ बढी हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यो मूल्य मंगलबारको तुलनामा १५ रुपैयाँ बढी हो ।

प्रतिक्रिया दिनुहोस्