सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनायो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं,२७ चैत । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गत सोमबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा स्थिर छ । यो नै चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

अमेरिकी केन्द्रीय बैंकले कुनै पनि समय ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो । फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती हुने सम्भावना छ ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको मूल्य लगातार बढ्दै गएको हो । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २ हजार ३५० डलर नजिक पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्