देशैभरको मौसममा बदली, आइतबारसम्मै मौसममा बदली र बर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि पानी परिरहेको छ ।

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनुका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएर पानी परिरहेको मौसमविद् बिभुति पोख्रेलले जानकारी दिनुभयो ।

पश्चिमको बादल पूर्वतर्फ सर्दै गएकाले बेलुका पनि काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा बेलुका हावाहुरी, चल्ने, चट्याङ पर्ने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

यो मौसमी गतिविधी आज र भोलि पनि जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही समय आकाश खुलेपनि पुनः बदली र वर्षा हुनेछ । शुक्रबार काठमाडौ उपत्यका सहित विभिन्न ठाउँमा असिनापानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्