सुन र चाँदी दुबैको मूल्यले फेरी अर्काे नयाँ रेकर्ड बनायो

काठमाडौं,२६ चैत । चैत्र महिना शुरु भएदेखिनै सुनचाँदी दुवैको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज चैत २६ गते सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको तोलामा १५ रुपैयाँले बढेर आज पनि नयाँ उचाइ बनाएको छ । चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन सक्ने स‌ंकेत दिएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो ।

नेपालमा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको गर्दछ । त्यसैले नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो । सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्