सेबोनको अध्यक्षका लागि पाँच जनाको नाम छनौट

काठमाडौं,२५ चैत । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम छनौट भएको छ । आबेदन दिएका १९ जनाहरूमध्येबाट पाँच जनाको नाम छनौट गरिएकाको हो ।

छनौट सूचीमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा।नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ रहेका छन् ।

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठ संयोजक रहेको समितिले छनौट सूचीमा परेका पाँच जनाको अन्तर्वार्ता र प्रस्तुतिकरण लिएपछि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

सिफारिसमा परेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

छनौट सूचीमा परेका नवकार र मुक्ति बोर्डमै कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका छन् । कार्की नेप्सेमा सीईओका रूपमा कार्यरत छन् । चापागाईंले तत्कालीन बीमा समितिको अध्यक्षको रूपमा काम गरेका थिए । धेरैले चापागाईंलाई सेबोनको अध्यक्षको बलियो दाबेदारका रूपमा हेरेका छन् । समितिको अध्यक्ष हुँदा प्रभावकारी काम गरेकोले सेबोनमा पनि उनले नेतृत्व गर्न सक्ने भन्दै सरकारले उनलाई अध्यक्षका लागि नियुक्त गर्न सक्ने अनुमान धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्