सुन र चाँदीको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड

काठमाडौं,२५ चैत । सुन र चाँदीकोको मूल्यले फेरि एक पटक नयाँ रेकर्ड कायम भएको छ । चैत २५ गते आइतबार सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो । फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेको छ ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्