३२ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौ, २३ चैत । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको ३२ करोड रुपैयाँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख, विकास बैंकहरुमा ४ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड ६० लाख रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८१ वैशाख ३ गतेदेखि २०८१ कार्तिक ३ गतेसम्म १८८ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्