सुन र चाँदी दुबैको मूल्य सामान्य घट्यो

काठमाडौं,२३ चैत । शुक्रबार सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ । सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरि आज चाँदी मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी उच्च मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्