सुनचाँदीको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं,२१ चैत । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । मंगलबार घटेको सुनको मूल्य बुधबार अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हो । बहुमूल्य धातु सुनचाँदी दुबैको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो । यस भन्दा अघि गत चैत १९ गत सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो ।

आज दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ । मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्