प्रदेश ३ को राजधानी अध्ययन गर्न विशेष समिति गठन

काठमाडौं । । प्रदेश ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गरिएको छ ।

समितिमा एमालेबाट पाँच जना, कांग्रेस र माओवादीबाट दुईरदुई जना, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेमकिपा, साझा विवेकशीलबाट एकरएक जना गरी १३ जना सदस्य रहेका छन् ।

एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर, प्रदीपकुमार कटुवाल क्षत्री सदस्य रहेका छन् । माओवादीबाट विशाल खड्का र जगत शिंखडा, कांग्रेसबाट छिरिङ दोर्जे लामा र प्रभात तामाङ रहेका छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दराज गोसाई, राप्रपाबाट रिता माझी, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ सदस्य रहेका छन् ।

प्रदेश संसदको १९ औं बैठकबाट संसदीय विशेष समितिले गठन गरेको यो समितिले राजधानीका लागि सम्भाबित ठाउँको अध्ययन गर्नेछ । समितिलार्इ अध्ययनका लागि एक महिना समय दिइएको छ ।

प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रे, मकवानपुर, नुवाकोट र भक्तपुरका सांसदहरूले माग दावी गर्दै संसदमा निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्