सुनको मूल्यले आकाश छोयो, पुग्यो तोलाकै १ लाख ३१ हजार ६०० रुपैयाँ

नेपाली पैसा काठमाडौं,१९ चैत । सुनको मूल्यले आज सम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाई रहेको छ । त्यैगरी, रुस र युक्रेनको द्वन्द अझै बढ्न सक्ने अनुमानका कारण पनि सुनको मूल्यमा वृद्धि भएको हो ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १५ सय ३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्