राजदल गणको एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं, १९ चैत । नेपाली सेनाको श्री नं.१ राजदल गणले एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि र स्वास्थ्य सामाग्री सहयोगमा मिति शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित चिसापानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको हो ।

उक्त गणको व्यवस्थापन तथा समन्वयमा संचालन भएको उक्त स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबास तथा लेभल, १ अस्पताल, स्कुलटोल, धनुषाबाट खट्टिएको स्वास्थ्य शिविरमा नेपाली सेनाका डाक्टरहरु सहितका स्वास्थ्यकर्मीहरुले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँत, डाक्टर OPD तथा स्त्री रोग सम्बन्धि सेवा प्रदान गरेको छ ।

यस्तै सो स्वास्थ्य शिविरमा चिसापानी तथा आसपास गाँउहरुबाट आएका ५१२ जना स्थानिय बासिन्दाहरु स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच तथा OPD कार्य बाहेक सर्पदंश, डेंगु रोग र Hand Hygiene सम्बन्धि सचेतनामुलक कक्षाहरु संचालन गर्नुका साथै नेपाली सेनाको भर्ना छनौट प्रक्रिया, विपद् व्यवस्थापन कार्य, नेपाली सेनामा महिला सैनिक, राष्ट्रिय सेवा दल र विश्व शान्ति स्थापना कार्य तथा विकास निर्माण कार्यमा नेपाली सेनाको योगदानका बारेमा समेत भिडियो एवं वृतचित्रहरु प्रस्तुत गरेको ।

सो कार्यक्रममा स्वास्थ्य शिविरमा New Onset Hypertension  (उच्च रक्तचापका नँया बिरामी), Pelvic Inflammatory Disease (स्त्री रोग), मधुमेह, Respiratory infection (स्वास प्रस्वास), (Low Back Pain) (कम्मर दुख्ने), दृष्टि कमजोरी, कान तथा दाँतमा बिभिन्न प्रकारका समस्या आदि सम्बन्धि बिरामीहरु धेरै मात्रामा देखिएकोले सोहि अनुसार सैनिक डाक्टरको सल्लाह अनुसार औषधि वितरण र सफल उपचार भएको छ ।

स्वास्थ्य शिविर संचालन भएको ईलाका धनुषा जिल्लाको यातायातको पहुँचको दृष्टिकोणले विकट मानिएको र स्तरिय स्वास्थ्य सेवाको पहुँचबाट समेत टाढा हुनुका साथै नेपाली सेनाले उक्त ईलाकामा पहिलो पटक स्वास्थ्य शिविर संचालन गरेको हो । स्वास्थ्य शिविरमा स्थानिय बासिन्दाहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको । उक्त कार्यक्रमबाट नेपाली सेनाको व्यवसायिक छवि झल्किनुका साथै स्थानिय जनताहरुको धारणा अनुसार सैनिक नागरिक सम्बन्ध विस्तार गर्नमा समेत मद्धत पुगेको नेपाली सोनको दावी छ ।

कार्यक्रमको दौरानमा नेपाली सेनाको श्री नं २७ बाहिनी अड्डाका बाहिनीपति पूर्ण बहादुर खत्री, गणेशमान चारनाथ नगरपालिकाका प्रमुख र उप प्रमुखको समेत उपस्थिती रहेको ।

प्रतिक्रिया दिनुहोस्