पेट्रोलको मूल्य ४ रुपैयाँले बढ्यो
काठमाडौं,१९ चैत । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य वृद्धि गरेको छ । मार्च ३१ मा भारतले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोलको मूल्य बढेको हो ।
भारतले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल ४.७६ रुपैयाँ, डिजेल र मट्टितेल ०.३९ पैसा, हवाइ इन्धन ०.३८ पैसा बढेर आएको छ भने र एलपीजी ग्याँस २७.८८ रुपैयाँ घटेर आएको छ । एलपीजी ग्याँसमा प्रति सिलिण्डर २६५.१५ रुपैयाँ घाटा रहे पनि पेट्रोलमा मात्रै मूल्य वृद्धि गरेको निगमले जनाएको छ ।
भारतले पेट्रोलियम पदार्थको यस्तो मूल्य अग्रेजी महिनाको १ तारिक र १५ तारिकमा मूल्य पठाउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्