खटाएको ठाउँमा नजाने कर्मचारीले जागिर छोडे हुन्छः लालबाबु पण्डित

काठमाडौं । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् ।
राष्ट्रसेवक कर्मचारी भएपछि सरकारले खटाएको ठाउँमा जानै पर्ने बाताए, होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ । मन्त्री पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने बताए ।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने समेत स्पष्ट पारे ।

कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन नसक्ने बताउँदै मन्त्री पण्डितले कर्मचारीले अहिले स्वेच्छिक अवकास लिएर जान पनि नपाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्