सुन र चाँदी दुवैको मूल्य स्थिर

काठमाडौं,१८ चैत । सुन र चाँदीको मूल्य आइतबार स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेर उच रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा स्थिर छ आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेकाले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्