सुनको भाउमा शुक्रबार पनि नयाँ रेकर्ड, बढ्यो तोलामा एकैदिन २ हजार १०० रुपैयाँ

काठमाडौं,१६ चैत । सुनको मूल्यमा आज शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा कारोवार भएको थियो ।

बढ्दो अस्थिरताका कारण अन्तराष्ट्रिय बजारमा सुनको माग बढेसंगै मूल्य पनि बढेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेकोले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्