खस्कियो नबिल बैंकको खुद नाफा
काठमाडौं । गत बर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा बढाएको नबिल बैंकले चालू आवको तेस्रो त्रैमासमा भने चुक्ता पूँजीको वृद्धिको अनुपातमा निकै थोरै मात्र नाफा खुद नाफा बढाएको छ । अघिल्ला बर्षहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंकको रुपमा छबि बनाएको नबिल बैंकलाई चालू आवको तेस्रो त्रैमासमा इन्भेष्टमेष्ट बैंकले पछि पारेको छ । निक्षेप संकलन र कर्जा परिचालनमा पनि बैंकले खासै प्रगति हासिल गर्न सकेन
गत बर्ष दुई अर्ब ६३ करोड नाफा गरेको बैंकको नाफा दुई अर्ब ७९ करोड पुगेको छ ।
तरलता संकटकले बैंकको निक्षेप लागत दोब्बर बढेको छ । गत बर्ष २.२८ प्रतिशत रहेको लागत बढेर ४.६३ प्रतिशत पुग्दा बैंकको निक्षेप वृद्धि पाँच प्रतिशत मात्र बढेको छ । उता कर्जा लगानीमा १६ प्रतिशत बढाएको छ । यस अवधिमा बैंकले एक खर्ब २३ अर्ब निक्षेप संकलन गरि एक खर्ब पाँच करोड रुपैयाँ कर्जा परिचालन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्