सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं,१५ चैत । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसअघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । बिहीबार पुरानो रेकर्डलाई तोड्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्