सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं,१४ चैत । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको र चाँदीको १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्