सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदी १५ रुपैयाँ बढ्यो

काठमाडौं,१२ चैत । सुनको मूल्य आज सोमबार तोलामा २ सय रुपैयाँ र र चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्