विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ, ८ चैत । विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ । मार्च २३ मा शनिबार र २४ आइतबार होली पर्वको सार्वजनिक बिदा परेकाले मार्च २२ ९चैत ९०गते शुक्रबार मनाउन लागिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन मार्फत जानकारी । गराइयो हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलेहो, हामी क्षयरोग अन्त्य गछौं भन्ने मुल नारा रहेको छ । साथै केन्द्रले क्षयरोग महामारीलाई अन्त्य गर्न प्रतिवद्ध रहेका पनि जनाएको छ ।
दिवसमा क्षयरोग नियन्त्रणको लागि प्रभातफेरी, उत्कृष्ट चिकित्सक, कर्मचारीलाई सम्मान गरिने पनि केन्द्रले जनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको विशेष उपस्थिति हुने केन्द्रले जानकारी दिए ।
क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो र यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ । सन् १८८२ मार्च २४ मा डा.रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट यो दिवस विश्वभर मनाउन थालिएको हो ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण निर्देशक डा. प्रज्वल श्रेष्ठले जानकारी दिए । यसले फोक्सोमा सबै भन्दा चाडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्ने उनले बताए ।

क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका किटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने उनले जानकारी दिए ।
नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थी, हड्डी, पेट, मृगौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको उनले बताए ।
जनस्वास्थ्य, सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रुपमारहनु नेपालका लागि चिन्ताको विषय भएको निर्देशक डा. श्रेष्ठले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार आ.व. २०७९।२०८० मा नेपालमा ७०,००० नयाँ क्षयरोगका बिरामीहरु थपिने र १८,००० व्यक्तिहरुका मृत्यु हुने अनुमान गरिएको थियो । सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले कुल ३७,४४७ क्षयरोगका बिरामीहरु दर्ता गरेको छ, जसमा ३५५ महिला र ६५५ पुरुष छन् । यी बिरामीहरु मध्ये ७२५ फोक्सोका बिरामीहरु र २८५ फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु थिए ।

आ.व. २०७९।०८० मा भौगोलिक रुपमा, तराई क्षेत्रमा ६०५ क्षयरोगका बिरामीहरु दर्ता गरिएका थिए भने प्रादेशिक स्तरमा ६८५ बिरामीहरु मधेश, बाग्मती र लुम्बिनी प्रदेश गरी यी ३ प्रदेशहरुमा दर्ता भएका थिए । साथै उक्त अवधिमा क्षयरोग रोकथाम उपचार कार्यक्रम लागू भएको ४२ जिल्लाहरुमा क्षयरोग बिरामीहरुको घरपरिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३६५८ योग्य बालबालिकाहरुले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए ।
विश्वमा औषधी प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशहरु मध्ये नेपाल पनि पर्नु चिन्ताको विषय हो । सोही आ।व। मा २,९०० व्यक्तिहरुमा औषधी प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएकोमा ६९३ बिरामीहरु निदान गरिएका थिए, जसमध्ये ५४६ बिरामीहरु उपचारको दायरामा आएका थिए ।

आ.व.२०७९।०८० मा क्षयरोगका बिरामीहरुको उपचार सफलता दर ९२।४५ थियो । त्यसैगरी औषधी प्रतिरोधी क्षयरोगका बिरामीहरुको उपचार सफलता दर ८२।०५ रहेको थियो, जुन तलनात्मक रुपमा विश्वका अन्य देशहरुमध्ये उचच हो । नेपालमा क्षयरोगको उच्च जोखिम समूहमा कुपोषित व्यक्तिहरु, एच।आई।भि। संक्रमितहरु, मधुमेह भएका व्यक्तिहरु, धुम्रपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरु पर्दछन् ।

निर्देशक श्रेष्ठले क्षयरोग नियन्त्रणका चुनौतीहरुका बाबजुत पनि नेपालले क्षयरोग रोकथाम, निदान र उपचारमा उल्लेखनीय प्रगति हासिल गरेको बताए उनले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले साझेदार र सरोकारवालाहरुसँगको सहकार्यमा क्षयरोगका सेवाहरुमा पहुँच बिस्तार गर्न, निदान क्षमताहरु सुदृढ गर्न र उपचार परिणामहरु सुधार गर्न अथक प्रयास गर्दै आएको उनले जानकारी दिए । हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीयहरुको नेतृत्व तथा अपनत्व विकास गरी क्षयरोग अन्त्यको प्रयासहरुलाई दिगो रुपमा गति दिने उद्देश्यले क्षयरोग मुक्त ‘नेपाल अभियान’ को शुरुवात गरेको उनले बताए ।
केन्द्रले यस आर्थिक वर्षमा १५३ स्थानीय तहहरुमा अभियानको कार्यान्वयन गरी क्षयरोगको पहिचान, निदान र उपचार सेवाहरुको गुणस्तरमा सुधार गर्नुका साथै क्षयरोग अन्त्यको प्रयासमा समुदायको संलग्नता बढाउने कार्यहरु गर्दै आएको र आगामी दिनमा ७५३ वटै स्थानीय तहहरुमा यो अभियान बिस्तार गर्ने लक्ष्य राखिएको छ । २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने प्रतिवद्धता पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्