सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८०० पुग्यो

काठमाडौं,८ चैत । बिहीबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन सुन मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसअघि फागुन २७ गते सुन सबैभन्दा उच्च मूल्य १ लाख २६ हजार रुपैयाँमा पुगेको थियो । बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

 

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने घटबढ्को आधारमा नै निर्धारण हुन्छ यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढीरहेको छ।

प्रतिक्रिया दिनुहोस्