नयाँ बर्षमा पोखरा घुम्न आउने पर्यटकलाई होटेलमा छुट

पोखरा,७ चैत । होटल सङ्घ पोखराले नयाँ बर्षलाई लक्षित गर्दे १९औँ फेवा नव वर्ष महोत्सव मनाउने भएको छ । यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताएयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

संघका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई पोखराबासीले सकारात्मक रुपमा लिएको संघले जनाएको छ ।

नेपाली कला र संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई हर्ष उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । महोत्सव पोखरा र पोखराआसपारमा रहेका पर्यटनस्थल, संस्कृति र खानालाई मुख्य जोड दिइने संघले जोड दिनेछ ।

प्रतिक्रिया दिनुहोस्