आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौं,१ चैत । आज सुनको भाउ बिहीबार ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १५ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्