नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार 

काठमाडौं,३० फागुन । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार शुरुभएको छ । यी दुवै संस्था मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु भएको हो ।

नेरुडे र मिर्मिरे दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्