सुनचाँदी दुबैको मूल्य घट्यो

काठमाडौं,३० फागुन । आइतवार रेकर्ड बनाएर दुई दिन स्थिर रहेको सुनको मूल्य, बुधबार घटेको छ ।आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्