नेपाल–बंगलादेश सडक सञ्जाल जोडियो, ढाका बाट छुटेका दुईवटा बस आज काठमाडौं आइपुग्दै

काठमाडौं । निकै लामो प्रतीक्षापछि बल्ल नेपाल र बंगलादेशबीच सिधा सडक सञ्जाल जोडिएको छ । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुईवटा यात्रुवाहक बस आज काठमाडौं आइपुग्दै छन् । । अहिले चितवनको सौरहाबाट छुटेको बस दिउँसो साढे १ देखि ३ बजेभित्र काठमाडौं आइपुग्ने नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो काठमाडौं आइपुगेको बस आजै बेलुकी धुलिखेल पुग्ने कार्यक्रम छ । बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को बीबीआईएन सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि छुटेका बस बुधबार दिउँसो झापाको काकडभिट्टा प्रवेश गरेको थियो ।

बस राति चितवनमा आइपुगेको हो । ढाकाबाट काठमाडौंका लागि हिँडेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा आइपुगेको हुन् ।

यी दुई बसमा बंगलादेशका ३२ जना, भारतको ११ जना नेपालका ७ जना रहेका अध्यक्ष जैनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्