सुनको स्थिर चाँदी भने तोलामा १० रुपैयाँ बढ्यो
काठमाडौं,२९ फागुन । सुनको मूल्य आज पनि उच्च विन्दुमा स्थिर रहेको छ । त्यसैगरि चाँदी भने तोलामा १० रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।
आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १७८.५६ डलर र चाँदी प्रतिऔंस २४.४६ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्