पूँजी बजारमा तत्काल सुधार गर्न नियमनकारी निकायसँग अर्थले माग्यो कार्ययोजना

काठमाडौं,२८ फागुन । अर्थमन्त्री बर्षमान पुनले पूँजी बजारलाई देशको आर्थिक विकासको आधार मान्दै तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायलाई सात दिन भित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्रीको निर्देशनमा हिजो अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश गर्न पत्र पठाएको हो ।

पत्रमा भनिएको छ, देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिन भित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री पुनले निर्देशन दिएको कुरा उल्लेख छ ।

तीन बटै निकायहरुको नाममा पत्र हिजै सम्बन्धित कार्यालयहरु लाई पठाई सकिएकोे छ । अब ती निकायहरुले पूँजी बजारका सरोवालाहरुको राय समेत लिएर सात दिन भित्रमा कार्ययोजना पेश गर्ने र त्यसपछि अर्थमन्त्रीबाट त्यसको कार्यान्वयनका लागि निर्देशन हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

पुन अर्थमन्त्रीमा नियुक्त पछि प्रतिक्रिया दिदै पूँजी बजारका समस्याहरु समाधान गरेर लगानीकर्ताहरुको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बजार लामो समयदेखि निराशाको चरणबाट गुज्रिरहेको हुँदा यसमा आवश्यक सुधार गरि पूँजी बजारलाई उत्कृष्ट, बिश्वस्नीय र प्रभावकारी लगानीको वातावरण तयार पर्नेमा जोड दिएका थिए छ ।

 

प्रतिक्रिया दिनुहोस्