टी-२० आई सिरिज अन्तर्गत खेलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं,२७ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपालले यस सिरिजको लागि दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका खेलाडी विना नै हङकङ गएकोछ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले हार ब्यहोरेकोे थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज आज आइतबारदेखि सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्