सुनको मूल्यमा पुनः नयाँ रेकर्ड प्रतितोला १ लाख २६ हजार रुपैयाँ

काठमाडौं,२७ फागुन । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनले अहिलेसम्मको सबै रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

सुनको मूल्यका साथै चाँदीको मूल्य पनि सामान्य बढेको छ । गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, आइतवार १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्