उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर
काठमाडौं,२५ फागुन । एकपछि अर्को रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै मूल्यमा सुनको कारोबार भएको छ ।
बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि रोकिएपछि शुक्रबार नेपाली बजारमा पनि स्थिर रहेको हो ।
त्यसैगरि चाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । शुक्रवारकै मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा शुक्रबार चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्