सुनको भाउमा नयाँ रेकर्ड तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं,२४ फागुन । सुनको भाउमा दैनिक जसो नयाँ रेकर्ड कायम हुन थालेको छ । विगत केहि दिनदेखि सुनको भाउ लगातार बढेर उच्च रेकर्ड कायम गरेको छ ।

बिहीबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर हालसम्म्कै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ४७० रुपैयाँ पुगेकोे छ ।

पछिल्ला दिनहरुमा अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा रहेको छ । केहि समययता अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको कारण सुनको भाउ बढ्दै गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्