सिद्धार्थ ईन्स्योरेन्सले बोलायो साधारणसभा, कहाँ र कहिले ?

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले २० प्रतिशत बोनस वितरण पछि ३५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गराउन यहि कात्तिक २९ गते साधारणसभा बोलाएको छ । कम्पनीको सोर्हौँ बार्षिक साधारणसभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डपमा हुनेछ ।

कम्पनीको शेयरधनी दर्ता पुस्तिका कात्तिक १५ गतेदेखि २९ गतेसम्म बन्द रहेनछ । कम्पनीको लाभांस पाउन र साधारणसभामा भाग लिन कातिक १४ गतेसम्ममा सेयरधनी कायम हुनुपर्नेछ ।

साधारणसभाले बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने भएको छ ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ । २० प्रतिशतले हुन आउने १० करोड ६९ लाख तीन हजार ५०० रुपैयाँको बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुग्नेछ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्