सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, २१ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिने भएको हो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन् भने बाँकीको हात खाली हुने छ ।

प्रतिक्रिया दिनुहोस्