रहस्यमय बन्दै सुन तस्कर प्रकरण : समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

काठमाडौँ ।  हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ ।

यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन ।

गृह मन्त्रालयले गठन गरनविन समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्वप्रहरीनायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्