सुन र चाँदी दुबैको भाउमा सामान्य गिरावट
काठमाडौं,१६ फागुन । बुधबार सुन र चाँदी दुबैको भाउमा सामान्य गिरावट देखिएको छ । फागुन १६ गते, सुन तोलामा १०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो तीन दिनयता चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्