सिन्डिकेटविरुद्ध सरकार विचलित नहुने: आपूर्तीमन्त्री यादव

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताउनु भएको छ ।
यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताउनु भयो।
आज भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत पुग्नु भएकाले मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
यातायात क्षेत्रमा देखिएको समस्यााको अन्त्य गर्न सरकारले सिन्डिकेट तोड्नै पर्ने औल्याउनु भयो । सिन्डिकेट हटाउँदा जनुसुकै चुनौतीहरु सिर्जना भएपनि सरकारले सहज रुपमा त्यसको अन्त्य गर्ने दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्