सुन र चाँदी दुबैको भाउ सामान्य घट्यो
काठमाडौं,१४ फागुन । सोमबार सुन र चाँदी दुबैको भाउ सामान्य घटेको छ । यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै सोमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्