ढाकाबाट छुटेका दुईवटा यात्रुवाहक बस नेपाल आइपुगे, भोली काठमाडौं पुग्ने
काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि छुटेका दुईवटा यात्रुवाहक बस नेपाल प्रवेश गरेका छन् ।
बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को –बीबी आई एन) सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि छुटेको बसलाई झापाको काकडभिट्टाको मेची भन्सार परिसरमा आज भव्य स्वागत गरिएको छ ।
ढाकाबाट काठमाडौंका लागि हिँडेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा आइपुगेको हो ।
नेपाल र बंगलादेशबीचको दुई मुलुकलाई सडक यातायातबाट जोड्ने योजना अनुरूप दुईवटा यात्रुवाहक बस सोमबार ढाकाबाट छुटेका थिए ।यी दुई बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि सहभागी रहनुभएको छ । दुवै बस बिहीबार काठमाडौं पुग्नेछन् ।















प्रतिक्रिया दिनुहोस्