उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या

काठमाडौं, १४ फागुन । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो। उडानको निर्धारित समय ८ः३० थियो । तर विमानको इन्जिनमा समस्या देखिए पछी । उडान स्थगित गरिएको छ । विमान उड्ने अनिश्चिताका कारण यात्रुहरु अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्