सुन र चाँदी दुवैको भाउ सामान्य वृद्धि
काठमाडौं,१३ फागुन । आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । फागुन १३ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले महंगिएको हो । चाँदी पनि यस दिन प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन भने सुनको भाउ स्थिर रहेको थियो । शुक्रबार सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको थियो ।
आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्