गाडीधनीले टेरेनन् यातायात व्यवसायीको ‘क्यु फ्रि’ आन्दोलनलाई

काठमाडौं । यातायात व्यवसायीले सडक केन्द्रीत आन्दोलन पहिलो दिनमै फिक्का देखिएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले ‘क्यु फ्रि’ छोड्ने घोषणा गरेका थिए । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आफ्ना गाडी ‘क्यु फ्रि’ मा छोडेका छैनन् ।

व्यवसायीले सरकारलाई घुँडा टेकाउने भन्दै दुई दिन गाडीहरु जथाभावी रुटमा समय व्यवस्थापन नगरी चलाउने घोषणा गरेका थिए । तर कसैले पनि घोषणा भएको आन्दोलन बमोजिम यातायात व्यवस्थालाई प्रभावित गने गरी कुनै पनि काम नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

व्यवसायीले समितिले व्यवस्थापन गर्दै आएको रूट इजाजत अवज्ञा गरेर गाडी चलाउने बताएका थिए । तर, उपत्यकाबाट छुट्ने र उपत्यका भित्र चल्ने कुनैपनि सवारी ‘क्यु फ्रिको आन्दोलनमा सहभागी नभएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने आन्दोलन अनुरुप नै सवारीहरु क्यु फ्रि छोडेको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्