बुधबार सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं,९ फागुन । बुधबार सुन र चाँदी दुबैका मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्