नेको इन्सुरेन्सको सेयर लिलामीमा, कहाँबाट दिन सकिन्छ आवेदन ?
काठमाडौं । नेको इन्सुरेन्स लि.ले हकप्रदबाट बिक्री नभई बाँकी रहेको ९९ हजार ९४८ कित्ता सेयर लिलामी गर्ने भएको छ । इन्सुरेन्सले ४ हजार ६३ कित्ता संस्थापक समूह र ९५ हजार ८८५ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्न लागेको हो । इन्सुरेन्सको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले बैशाख १९ गतेदेखि २६ गतेसम्म शिलबन्दी आवेदन गर्न सक्ने छन् । यस कम्पनिको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
इन्सुरेन्सको सेयर लिलामी एनएमबी क्यापिटल नागपोखरी काठमाडौ र एनएमबी बैंकको शाखा कार्यालय विराटनगर, वीरगंज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन सकिने छ ।
सेयर आवेदन न्यूनतम एक सय र बढीमा आवेदन माग गरिएको सम्पूर्ण सेयर संख्याको लागि शिलबन्दी बोलपत्र गर्न सकिने कम्पनीले जनाकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्