सुनको भाउ ३ दिनमा १५ सय रुपैयाँ बढ्यो

काठमाडौं, ७ फागुन । सुनको मूल्य लगातार ३ दिन बढेको छ । लगातार ३ दिनमा १५ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १८.५३ डलरमा र चाँदी प्रतिऔंस २३.०६ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्