नेपाल सेवा लघुवित्तको आईपिओ खुल्ला, कहाँ बाट गर्ने आवेदन ?

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १२ गतेदेखि एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता (आईपिओं) को बिक्री खुला गरेको छ ।

वित्तीय संस्थाले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । एक लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले एक लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटललाई तोकेको छ । इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आबेदन गर्नसक्ने छन् । मेरो शेयरको सुविधा लिएका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सी आश्वा मार्फत आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरि ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्